भोटसमेत खसाल्न नपाउने महिलाहरुले गाउँलाई खुल्ला दिसामुक्त बनाए
महोत्तरी – सीतल देवी पंडित, ५५, स्वयम् सेवीकाको रुपमा गाउँमा परिचित छिन् । आफूजस्तै दर्जनौं महिला दिदी–बहिनीहरुसँग मिलेर उनले दिनहुँ घरदैलो अभियान सञ्चालन गरेर सरसफाईको सचेतना फैलाइन् । उनको प्रयासले गाउँका मानिसहरुमा चेतना स्तर उठ्यो । आज पूरै गाउँ खुल्ला दिसामुक्त क्षेत्र बनेको छ । कुनै बेला उनको गाउँमा महिलाहरुलाई भोटसम्म पनि हाल्न दिइँदैनथ्यो । उनी भन्छन्, ‘हाम्रो गाउँमा पुरुषले मात्र चुनावमा मत खसाल्थे । तर आज समय बदलिएको छ । यसटक हामी महिलाले गाउँघर सफा र स्वच्छ बनाउन पुरुषहरुलाई चेतना दियौं । आज सबैको घरघरमा आज चर्पी छ ।’ महिलाहरुको सक्रियाताले महोत्तरीको सीमावर्ती गाउँ गैंडा भेटपुरको मुहार फेरिएको छ । यो गाउँलाई महिलाहरुको पहलमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । आर्थिक बर्ष २०७२/०७३ को ९ महिनाको अवधिमा गैंडा भेटपुर गाउँ खुल्ला दिसामुक्त बनेको हो ।
खुल्ला दिसामुक्त गाउँ घोषणा भएपछि अहिले पूरा गाउँले हर्षित छन् । मधेश आन्दोलनका बेला पनि आन्दोलनलाई छिचोल्दै गैँडा भेटपुर गाविसलाई चैत्र २५ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । ‘एक घर, एक शौचालय’ को अभियानले गैंडा भेटपुरका प्रत्येक घरघरमा शौचालय बनाउन सफल भएपछि सुदूर दक्षिणावर्तीको दर्जनौ गाविसबीचमा गैंडा भेटपुरले सरसफाइको नयाँ उदाहरण पेश गरेको छ । जेष्ठ नागरिक मालती देवि रायले भन्छिन्,‘महिलालाई मताधिकारबाट समेत बञ्चित गरिएको गाउँमा महिला–पुरुष मिलेर गाउँलाई खुल्ला दिसामुक्त नै बनाएका छौ ।’ ‘महिलाले घरबाट बाहिर निस्केर भोट दिन पठाउँदा गाउँको इज्जत जाने अन्धविश्वासले लामो समय मताधिकारबाट वञ्चित रहेका थिए,’ नेपाल सद्भावना पार्टिका महोत्तरी जिल्ला सदस्य रामसिघासन महतोले भने, ‘प्रजातन्त्र पुनस्र्थापनापछिको परिवर्तनबाट गाउँमा राज्य स्तरबाट सचेतनाका अभियानहरु सञ्चालन गरियो । महिलाले घुम्टोभित्रैबाट संघर्ष थाले । थुप्रै बाधाव्यवधान पार गरे । अन्ततः आफ्नो मताधिकार लिएरै छाडे । आज उनीहरु आफैले पहल गरेर गाउँको नै मुहार फेरिदिएका छन् । महिलाहरुलाई पहिला समान्तिहरुले दवाब दिने गरेको कुरा स्थानीय सोखिलाल यादवको मान्सपटलमा अहिले पनि ताजै नै छ । उनी भन्छन् ,‘समान्तिहरुको अन्त भयो । हिजो दबिएर रहेका महिलाहरु आज गाउँलाई खुल्ला दिसामुक्त गरेर हाम्रो प्रतिष्ठा बढाएको छ ।’ वडा नम्बर ३ की सवरीदेवी पासवानले भनिन्, ‘हिजो जस्तो अवस्था अब छैन, सबै घरमा शौचालय बनेको छ । घरमै शौचालय बन्दा महिला दिदी बहिनीहरुला शौच गर्न सहज भएको छ ।’ घरमा शौचालय नहुदाँ गैंडा भेटपुरका महिला दिदी बहिनीहरु दिनमा थोरै, त्यो पनि अबेला खान्थे । किन भने कहीँ शौच लागेभने दिनमा कसरी बाहिर जाने भने चिन्ता हुन्थ्यो । स्थानीय सवरी देवी भन्छिन्, ‘दिसा पिसाब गर्न मात्र महिलाहरु रातिको समयमा बाहिर निस्किन पाउने स्वतन्त्रा थियो । अब घर पिच्छे चर्पीबन्दा महिलाहरुलाई राहत भएको छ ।’
गाउँ खुल्ला दिसा मुक्त बनाएपछि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छ समन्वय समितिले डेढ लाख रुपैंया पुरस्कार स्वरुप गाविसलाई हस्तान्तरण गरेको छ । गाउँमा एउटा तीन कोठे सार्वजनीक शौचालय बनाउन योजना रहेको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले बताए । ‘स्वतन्त्रताको आन्दोलनभन्दा पनि सरसफाईको आन्दोलन ठूलो आन्दोलन हो,’ खानेपानी प्रमुख झाले भने, ‘अहिलेको जमाना हाइफाईको मात्र होइन, सरसफाईको पनि हो । जहाँ खुल्ला दिसा पिसाब हुन्छ, त्यहाँ किराको जन्म हुन्छ ।’ पछिल्लो समय गाउँका विद्यालयमा विस्तारै छात्रा संख्या पनि बढ्दै छ । उनीहरूको यो जागरुकतालाई नियालिरहेको रतौली युवा क्लबले वर्ष दिनअघि गाउँमा ‘सबैका लागि दिगो ग्रामीण सरसफाइ तथा स्वच्छता’ कार्यक्रमका लागि सहजीकरण गरेको थियो । एसएनभी नेपालले पनि प्राविधिक रुपमा सघाएको एसएनभी नेपाल महोत्तरीका सरसफाई सल्लहाकार उमाशंकर यादवले बताए । चौधरीका अनुसार सरसफाइ अभियानअघि गाउँमा २ सय ५ शौचालय थिए भने अभियान पछि ५ सय ९३ पुगेर कुल ८०८ घरधुरीमा शौचालय बनेको छ । जलेश्वरबाट १८ किमि टाढा यो गाउँ अवस्थित छ । ५ हजार ७६५ जनसंख्या रहेको यस गाविसमा विपन्न समुदाय बसोबासको छ । शौचालय बनाउन उनीहरुले सरसाप्टी ,ऋण लिएरै भएपनि सबैले शौचालय बनाएको गैंडै भेटपुर गाविसका सचिव रामकेवल साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण