कलाकारलाई रुवाउने मिडिया हब कालोसूचीको जोखिममा
काठमाडौं – विज्ञापनको पैसा भुक्तानी नगरेको भन्दै नेपाल टेलिभिजनले ‘वल्र्ड भिजन’लाई कारवाही गर्यो । तर दशौं करोड रुपैयाँ नतिर्दा पनि मिडिया हबका प्रमुख सोम धिताललाई नेपाल टेलिभिजनको व्यवस्थापकले केही गर्न नसक्दा सरोकारवालाहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूको प्रश्न छ, ‘के नेपाल टेलिभिजन मिडिया हबको बिर्ता हो ?’
नेपालमा ठूला विज्ञापनको कारोवार गर्ने त्रिकोण, इको, म्याक्स, प्रिज्मा, कीलगायतका बाह्रभन्दा बढी एजेन्सीहरू छन् । कलाकार र विज्ञापन व्यवसायीको प्रश्न छ, ‘अरूलाई बाइपास गर्दै नेपाल टेलिभिजनले किन एउटै कम्पनीलाई ४–४ स्लट दिइरहेको छ ?’ नेपाल टेलिभिजन स्रोतका अनुसार पहिला धेरै पैसा तिर्छु भनेर सम्झौता गरे पनि मिडिया हबले पैसा तिर्ने गरेको छैन । त्यसको असर नेपाल टेलिभिजनलाई त पर्ने नै भयो, कलाकारसमेत रोडमा पुग्ने गरेका छन् । त्यसको फाइदा हबले उठाइरहेको छ । ‘त्यसो हुँदा कलाकारको समूह फुटाउन र आफूअनुकूलका कलाकार भित्र्याउन हबले अवसर पाइरहेको छ ।’, एक कलाकारले नाम नबताउने सर्तमा भने । हबले कति छ तिर्नु ? हबले फागुन २३ सम्म म्याद धरौटी राखेको ४ करोड ९९ लाख ‘भ्योल्युम क्रस’ गरी ८ करोड रुपैयाँ नाघिसकेको छ । उसले नेपाल टेलिभिजनलाई मात्रै ७ करोड ८ लाख ६४ हजार ९ सय ८७ रुपैयाँ ५ पैसा तिर्नुपर्ने देखिन्छ । त्यस्तै कान्तिपुर टेलिभिजनलाई ४ करोड भन्दा वढी रकम तिर्नुपर्ने देखिन्छ । उता, कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई ६० लाखभन्दा माथि, केदार घिमिरे ‘माग्ने बूढा’लाई ३८ लाख, सुवास कार्की ‘विलासे’लाई ५० लाख, जितु नेपाललाई १४ लाख, दीपकराज गिरीलाई २५ लाख, हाकाहाकीका राम थापालाई ४० लाख भन्दा वढी रकम मिडिया हबले तिर्नुपर्ने छ । हबकै कारण कलाकर्मी सिपी पुडासैनी ‘धतुरे’को झण्डै सडकमा बास भएको थियो । हबले उनलाई १३ लाख रुपैंया भन्दा वढी रकम तिर्नु थियो । यसरी धेरै रकम लिन बाँकी भएका कारण कलाकारले हब छोड्न सकेका छैनन् । त्यसैको फाइदा उठाएर हब अहिलेसम्म टिकिरहेको कलाकारको भनाइ छ । को हुन् मिडिया हबका सञ्चालक ? प्रिज्मा एडभडरटाइजिङका सञ्चालक रञ्जित आचार्य राम्रा विज्ञापन व्यवसायीमा गनिन्छ । उनको समेत संलग्नता मिडिया हबमा छन् । एएनएस क्रियसनका सुदीप थापा, भाष्करराज कर्णिकार, कारोबार मिडिया समेत चलाउदै आएका सोम धिताल यसका सञ्चालक हुन् । धिताल र कर्णिकारहरूले चालेका विभिन्न कदमका कारण अन्य इमान्दार ‘पार्टनर’ फसिरहेको हबनिकट विस्वस्त स्रोतले बताएको छ । मिडिया हबबाट उठेको पैसा जग्गामा जमिनमा लगानी गर्नेमात्रै होइन, कर्णिकारले आफ्नो टेलिभिजनमा समेत खर्च गर्न थालेपछि हबमा आर्थिक संकट देखिएको स्रोतको दावी छ । कालोसूचीमा पर्दै मिडिया हब सम्झौताममोजिम चैत्र २३ गतेभित्र मिडिया हबले नेपाल टेलिभिजनलाई पैसा तिर्नुेपर्ने थियो । तर विभिन्न बहानामा टार्दै आएको छ । बल्ल–बल्ल दिएको १५ लाख रुपैयाँको चेकसमेत ‘बाउन्स’ भएपछि टेलिभिजन व्यवस्थापन समेत चिन्तित बन्न पुगेको छ र भुक्तानीका लागि ताकेता गरेको ग¥यै छ । (हेर्नुहोस् पत्र )
हबले अहिले हप्ता–हप्तामा केही पैसा तिरेर शिवहरी पौडेलको ‘व्रेकफेल’, माग्नेवूढाको ‘खासखुस’, धुर्मुस/सुन्तलीको ‘मेरी वास्सै’, कुमार कट्टेललगायतको ‘भद्रगोल’ प्रसारण गर्न थालेको छ । तर सबै पैसा नतिरे नेपाल टेलिभिजनले मिडिया हबलाई आजभोलि नै कालोसूचीमा राख्ने तयारीसमेत गरिरहेको नेपाल टेलिभिजन स्रोतले जानकारी दिएको छ । अमेरिका जाँदै धिताल धेरै सञ्चारसंस्थामा पैसा तिर्नुपर्ने भएर चरम आर्थिक संकटमा परेपछि हबका प्रमुख धिताल भने अमेरिका जाने तयारीमा लागेका छन् । स्रोतका अनुसार उनले आगामी महिनाको पाँच तारिखमा अमेरिका उड्न टिकटसमेत बुक गरिसकेका छन् । उनले पैसा नतिरी गएमा उतै भासिन सक्ने भन्दै सरोकारवालाहरू चिन्तित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण