शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रौतहटबाट दैनिक २ सय ट्रयाक्टर गिटी–बालुवा भारततर्फ तस्करी हुँदै

बिहीबार, ०२ वैशाख २०७३, १७ : १८
बिहीबार, ०२ वैशाख २०७३

रौतहट – रौतहटबाट व्यापकरुपमा बालुवा, गिटी तथा ढुँगा भारततर्फ तस्करी भइरहेको छ । जिल्लाको पश्चिमी भेग गर्जाघाट र जंगलसैयाघाटस्थित लालबकैया नदीबाट दैनिक सैयौं ट्रयाक्टर गिटी, बालुवा र ढुंगा भारततर्फ तस्करी भइरहेको हो । जंगलसैया र गर्जाघाटबाट दैनिक एकसय ५० देखि दुईसय ट्रयाक्टर गिटी, बालुआ, ढुंगा पश्चिमी भेग लक्षमिनिया, सन्तपुर हुँदै सिमावर्ती गाँउसम्म दैनिक जानेगरेको सितलपुर बैरगनियाका पूर्व गाविस अध्यक्ष अरबिन्द यादवले बताए । दैनिक ढुवानी हुने गरेको बालुवा, गिटी र ढुंगामध्ये केही स्थानिय स्तरमा प्रयोग हुने भएपनि अधिकांश भारततर्फ ढुवानी भइरहेको उनले बताए । सीमावर्ती गाँउ सहरमुजवाका स्थानियबासी एवं प्रेस चौतारी रौतहटका अध्यक्ष उतम कुमार उपाध्यायका अनुसार दिउँसोभरी सीमावर्ती गाउँहरुमा स्टक हुने बालुवा, गिटी र ढुंगा रातारात भारतिय बजारमा पुग्ने गर्दछ । प्रति ट्रयाक्टर बालुवाको नेपालमा तीन हजार पाँचसय पर्ने र भारतमा पाँच हजारमा बिक्री हुने गर्दछ । त्यसैगरी चार हजार पाँचसय पर्ने प्रति ट्रयाक्टर गिटी भारतीय बजारमा ६ हजार पाँचसय सम्ममा बिक्रि हुने भएकाले तस्करी बढेको जानकारहरु बताउँछन् । केही स्थानीय र केही भारतिय तस्करहरुको मिलोमतोमा नेपाली नम्बरको ट्याक्टरमा दिउँसो ल्याईने गिटी, बालुवा र ढुंगा रातको अँध्यारोमा भारतीय नम्बरको ट्याक्टर बाट भारतको बजार तथा गाँउसम्म जाने गरेको छ । स्थानियहरुका अनुसार बालुवा, गिटी र ढुंगा तस्करीमा खासगरी तस्करहरुले राजपुर,औरैया,बंकुल,र बाराको कचोर्वा नाका प्रयोग गर्दछन् । जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक बिरेन्द्र पाश्वानले तस्करीबारे आफूले पनी सुनेको भन्दै नियन्त्रणको लागि सिमाक्षेत्रका सबै प्रहरी युनिटलाई कडा निर्देशन दिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप