‘आउने कि नआउने ?’ भन्दै पुनर्निर्माण प्राधिकरणका सिइओलाई अख्तियारको फोन
काठमाडौं–‘अख्तियारको पत्र पठाएपछि बयान दिन नजाने को होला ?’ पहुँचवाला भनिएका दर्जनौंले ०७२ सालमा अख्तियारमा गएर बयान दिए, १३ पान्ने फारम भरेर बुझाए । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा नियुक्ति पाएको ६ महिना पनि पुग्न नपाउँदै उजुरी परेपछि सिईओ सुशील ज्ञवालीले भने त्यति सजिलै अख्तियारमा बयान दिएनन् । कर्मचारी नियुक्ती र खाता संचालन बारे उजुरी परेको केही सातामा अख्तियारले ज्ञवालीलाई बयानका लागि बोलाएको थियो, तर ज्ञवाली जाँदै गएनन् । अख्तियारका एक कर्मचारीले रातोपाटीसँग भने, ‘अख्तियारको पत्रलाई अवज्ञा गर्दै उहाँ आउनुभएन्, केही दिनपछी हामीले फोन गरेर बोलायौं ।’
अख्तियार स्रोतका अनुसार पत्रको अवज्ञा गर्दै बयान दिन आनाकानी गरेका ज्ञवालीलाई उनको अनुसन्धानका लागि तोकिएका अधिकृतले फोन गरेर ‘तपाई आउने की नआउने’ भन्दै चेतावनीपूर्ण शैलीमा फोन गरेका थिए । यसरी अनुसन्धान अधिकृतले ‘आउने की नआउने भन्दै’ फोन राखेपछि ज्ञवाली सिंहदरबारबाट अख्तियारको मुख्यालयतिर तुरुन्तै पुगेको प्राधिकरण स्रोतले जनाएको छ । अख्तियारबाट आएको चेतावनीपूर्ण शैलीको टेलिफोन पछि केही मिनेटमै टंगाल पुगेका ज्ञवालीले ‘मेरो खासमा फुर्सद हुँदैन’ भन्ने प्रतिक्रिया दिएका थिए । केही दिनअघि मात्र यसरी हस्याङ–फस्याङ गर्दै अख्तियार सामु बयान दिएका ज्ञवालीले प्रधिकरणका लागी आवश्यक कर्मचारी नियुक्तिका लागी चालेको कदम ‘जायज नै देखिएको’ अख्तियारले स्रोतको भनाई छ । अख्तियारको कानुनी शाखाले ज्ञवालीले कर्मचारी नियुक्तिका लागी चालेको कदम कानुनसम्मत भएको राय दिएको छ । त्यस्तै सरकारले प्राधिकरणले खर्च गर्नेगरी निकाशा दिएको बजेट ब्यवस्थापनका लागी फरक–फरक शीर्षकमा खाता खोल्नुपर्ने राय चार्टर्ड एकाउन्टेन्टले दिएको अख्तियार स्रोतले जनाएको छ । प्राधिकरणले एनजिओ र आईएनजिओहरुलाई पुनर्निमाणको काम दिनथालेको भन्ने उजुरी उपर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ‘प्राधिकरणको सिईओबारे परेको उजुरी उपर अनुसन्धान भइरहेको छ’ अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले भने, ‘अनुसन्धान टुंगिएको छैन ।’ एमालेको विद्यार्थी संगठनमा रहेर काम गरेका ज्ञावाली पुल्चोक ईन्जिनियरिङ कलेजमा सभापतिको उम्मेद्वार बनेका थिए । नगर विकासको उप–सचिवको रुपमा कार्यरत ज्ञवालीलाई प्रधानमन्त्री केपी ओलीले अचानक तानेर प्राधिकरणको सिईओ बनाईदिएका थिए । अर्थमन्त्री विष्णु पौडेलको भाञ्जा समेत रहेका ज्ञवाली नेतृत्वको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले खास गति लिन नसक्दा लाखौं भूकम्पपीडित अहिले पनि त्रिपाल र टिनको अस्थायी छानोमूनि रात काट्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण