नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपालमा
काठमाडौँ - विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो । उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट सङ्घ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिइन् ।
नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ ।
उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ । प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ भने नामिबियाले दुई अङ्क जोडेको छ । नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।
नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण