शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

क्रिमको डब्बामा लागूऔषध एम्फेटामाइन, २ जना पक्राउ

बिहीबार, ०२ वैशाख २०७३, १७ : ५७
बिहीबार, ०२ वैशाख २०७३

काठमाडौं – लागू औषध नियन्त्रण ब्यूरो काटेश्वरको प्रहरीले लागू औषध एम्फेटामाइन ३ सय २ ग्रामसहित २ जनालाई काठमाडौं महानगरपालिका–९ गोल्डनगेटबाट मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–१५ डेरा गरी बस्ने धादिङ सत्यदेवी गाविस–८ राकचोकका २६ वर्षीय नेत्र गुरुङ्ग र सोही ठाउँका २१ वर्षीय चित्र तामाङ्ग रहेका छन् । उक्त एम्फेटामाइन बच्चाको खेलौना, सुटकेशको डन्डी, क्रिमको डब्वाहरुमा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारिएको हो । थाइलैण्ड बैंककबाट गत चैत २९ गते उनीहरु काठमाडौं आएका थिए । नेत्रले बिगतमा पनि थाइल्याण्डबाट फिलिपिन्स तथा म्यान्मार हुंदै फिलिपिन्सको बाटो प्रयोग गरी फिलिपिन्स, ईण्डोनेसिया, अष्ट्रेलिया लगायतका मुलुकमा अबैध लागू औषध एम्फेटामाइन तस्करी गर्ने गिरोहमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुबाट बरामद एम्फेटामाइन थाइलैण्डबाट नेपालमा ल्याई संचय गरी नेपालबाट अन्य देशहरुमा कारोबार गर्नको लागि नेपालको भूमि प्रयोग गर्न खोजिएको अनुसन्धानबाट खुल्न आएको छ । एम्फेटामाइनको ओसार पसारको घटना नेपालको लागि पहिलो भएको र त्यसको अबैध अन्तर्राष्ट्रिय बजार मुल्य ९० लाख ६० हजार नेपाली रुपैयाँ हुन आउने ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप