शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धनकुटाको लेगुवामा भीषण आगलागी, ११ घर जलेर नष्ट

बिहीबार, ०२ वैशाख २०७३, १८ : ०४
बिहीबार, ०२ वैशाख २०७३
धनकुटा - धनकुटाको लेगुवा–१ छुम्लिङमा भीषण आगलागी भइरहेको छ । दिउँसो अचानक सुरु भएको आगोले हालसम्म ११ घर जलेर नष्ट भइसकेका छन् । स्थानीयका अनुसार शान्तिराम पौडेल, तोयानाथ पौडेल, रोमन अधिकारी, लक्ष्मी लामिछाने, सचिन्द्र लामिछाने, गजेन्द्र लामिछाने, नारायण लामिछाने, कमल तामाङ, इन्द्रबहादुर तामाङ, दामोदर दाहाल र रामबहादुर तामाङको घर जलेका छन् । अझै केही घर आगोको जोखिममा रहेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि जितपुर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । यता जिल्ला सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप