शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शान्ति समितिको संयोजकमा कार्की

बिहीबार, ०२ वैशाख २०७३, ०६ : ०४
बिहीबार, ०२ वैशाख २०७३

उदयपुर - द्वन्द्वलाई दिगो समाधान गरि स्थानीय स्तरमा शान्ति स्थापना गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजकमा एक बहादुर कार्की चयन भएका छन् । स्थानीय शान्ति समितिको बिहिबार बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु भएका कार्कीलाई संयोजक चयन गरेको हो । ६/६ महिनामा संयोजक परिवर्तन हुने स्थानीय शान्ति समितिको निर्देशिका अनुसार आगामी ६ महिनाको लागि संयोजकमा चयन गरिएको शान्ति समितिका निर्वतमान संयोजक शोभा दाहालले बताईन् । कार्कीले १२ औ संयोजकको रुपमा आजै पदवाहाली गरेका छन् । निवर्तमान संयोजक शोभा दाहालले पद हस्तान्तरण गर्दै रेग्मीलाई शान्ति समितिको निर्देशिका भित्र रही संयोजक पदको गरिमालाई जोगाउन आग्रह गरिन् । पदभार ग्रहण गर्दै नवनियुक्त संयोजक कार्कीले जिल्लामा दिगो शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले यस अघि खेलेको भूमिकालाई समेत नजिरको रुपमा ग्रहण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप