डोटी जिप दुर्घटनाका मृतकको सामूहिक अन्त्येष्टि
धनगढी - डोटीमा मङ्लबार राति भएको जिप दुर्घटनामा परी निधन भएका पाँचै जनाको आज कैलालीको गोदावरी घाटमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
दुर्घटनामा परी निधन भएका पद्मकन्या क्याम्पसका प्रा डा जयराज पन्त, उनकी धर्मपत्नी गुड्डी, भाइ बुहारी सावित्रा, भाइ केशव र काका डा गणेशराज पन्तको सामूहिक अन्त्येष्टि गरिएको हो । गुड्डी र सावित्रासमेत सोही क्याम्पसमा प्राध्यापन गर्थे ।
डोटीबाट बसाइँ सरेर कैलालीमा बसेका परिवारका सदस्यले मृतकको शव बुझेर बुधबार साँझ कैलाली ल्याएका थिए । डोटीको जिजोडामाडौँ गाविसमा भएको उक्त जिप दुर्घटनामा चालकसहित डोटीकै अन्य तीन जनाको पनि मृत्यु भएको थियो ।
यसैबीच, डोटेली लोक संस्कृतिसहित दुई विषयमा विद्यावारिधि गर्नु भएका डा जयराजको निधनले डोटेली लोक साहित्यमा अपुरणीय क्ष्यति पुगेको भन्दै यस क्षेत्रका स्रष्टाले गहिरो चिन्ता व्यक्त गरेका छन् । साहित्यकारसमेत रहेएका डा पन्तका विभिन्न कृति प्रकाशित छन् ।
डोटीमा शैक्षिक संस्था स्थापना गर्न स्वर्गीय पन्तले परिवारको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण