महिला फुटबल वैशाख ५ देखि
काठमाडौँ - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता यही वैशाख ५ देखि १६ गतेसम्म हुने भएको छ । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, मध्यमाञ्चल महिला फुटबल टोली, पूर्वाञ्चल महिला फुटबल टोली र मध्यपश्चिमाञ्चलको महिला टोली छन् । त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) सुदूरपश्चिमाञ्चल महिला फुटबल र पश्चिमाञ्चल महिला टोली छन् । प्रतियोगिताका विजेताले रु दुई लाख तथा द्वितीय हुनेले रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डरर तथा प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लब साविक बिजेता तथा त्रिभुवन आर्मी क्लब उपविजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण