किताब बिकाउन बलात्कारको आरोप लगाएकी हैन : भूषाल
पोखरा – एमाले नेता मोदनाथ प्रश्रित माथि वालिका वलात्कारको आरोप लागेको छ । प्रश्रितले अर्घाखाँचीकी शारदा भुषाललाई वलात्कार गरेको स्वयं भूषालले बताएकी छन् । पोखरा मिडिया क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूषालले पहिलो पटकको बलात्कार १३ वर्षमा गाउँको अर्कै मानिसले गरेको र दोश्रो वलात्कारी एमाले नेता मोदनाथ प्रश्रित भएको दावी गरेकी हुन् । “जव म पहिलो पटक १३ वर्षमा गाउँमा बलात्कारमा परेँ तब मलाई घरबाट निकालियो, वावा आमाले घरबाट निकालेपछि एमाले नेता मोदनाथ प्रश्रितले मलाई काठमाण्डौ लैजाने प्रस्ताव गरे, तब बाबु आमाले पनि तँ जहाँ गएपनि हामीलाई के मतलव भन्दै प्रश्रितका जिम्मा लगाए, मलाई केही थाहा थिएन, जब म उनी सँग काठमाडौं गएँ तव प्रश्रितले ममाथि पटक–पटक वलात्कार गरे”– उनले भनिन् । समाजमा भ्रष्टाचार निवारणको अभियान लिएर अगाडि बढेकी शारदाले पछिल्लो समयमा आफ्ना अनुभूति समेलेर पुस्तक नै प्रकाशनमा ल्याएको बताइन् । कतिपयले शारदाले आफ्नो पुस्तक बिक्री गर्न भ्रमक आरोप लगाएको अड्कलवाजी समेत गरेका छन् । तर शारदाले भने यो आरोप अस्वीकार गरेकी छिन् । ‘जुन बेला म बलात्कृत भएँ त्यतिबेला म वोलेको भए जे पनि हुन सक्थ्यो त्यसैले बोलिन अहिले आएर बोलेकी हुँ,’ उनले भनिन् । पछिल्लो समयमा भ्रष्टाचारविरोधी अभियानमा लागेकी भूषालले भारतका भ्रष्टाचार विरोधी अभियान्ता अन्ना हजारेलाई नेपालमा ल्याएर गाउँ गाउँमा भ्रष्टाचार विरोधी समितिहरु गठन गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण