शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जापानमा शक्तिशाली भूकम्प : कम्तिमा ९ जनाको मृत्यु

शुक्रबार, ०३ वैशाख २०७३, १२ : ४७
शुक्रबार, ०३ वैशाख २०७३

टोक्यो – जापानको दक्षिणपश्चिममा रहेको क्युसु टापुमा बिहिबार रातीको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । भूकम्पपछि भवनहरु तथा सडकमा क्षति पुगेको छ भने क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध बनेको छ । सरकारी अधिकारीका अनुसार करिब १ हजार मानिस घाइते भएका छन्  । स्थानीय समयअनुसार बिहिबार राती ९ बजेर ३० मिनेट जाँदा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि शक्तिशाली परकम्पहरु आएका थिए । भूकम्पपछि करिब ४० हजार मानिस घरबाहिर बस्न बाध्य बनेका थिए । टेलिभिजनमा देखाइएको फुटेजमा अग्नी नियन्त्रकहरुले आगो निभाउन प्रयास गरिरहेको देखाइएको छ भने स्वास्थ्यकर्मीहरु घाइतेहरुको उपचारमा व्यस्त देखिन्छ । शुक्रबार बिहानसम्म विभिन्न ठाउँमा लागेका आगो नियन्त्रमा आइसकेका छन् ।

भूकम्प प्रभावित क्षेत्रका सरकारी अधिकारीले जापानको संचारमाध्यम एनएचकेसँग कुरा गर्दै भत्केका भवनको भग्नावशेषबाट धेरै जनाको उद्दार गरिएको प्रतिक्रिया दिएका छन् । टेलिभिजनामा एक बालकको पनि जीवितै उद्दार गरिएको देखाइएको थियो । जपानको भूकम्प मापन केन्द्रले शुरुमा भूकम्पको तिव्रता ६.५ रेक्टर स्केल रहेको देखाएको थियो । भूकम्प गइरहेको क्षेत्रको रुपमा परिचित जापानमा यतिको तिव्रताको भूकम्पलाई सामान्य नै मानिन्छ । यसअघि सन् २०११ मा गएको ९ रेक्टर स्केलको भूकम्प र त्यसपछि को सूनामी पनि हजारौंले ज्यान गुमाएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु समुद्रमा परेको थियो भने यस पटकको भूकम्पको केन्द्रविन्दु भने जमिनमा परेको र गहिराई पनि जमिनभन्दा ६ माइलमात्र तल रहेकाले ठूलो धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप