कांग्रेसले सरकारमा जान हतार गर्दैनः महामन्त्री कोइराला
चितवन– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा उनले हतारमा पार्टी सरकारमा जान नहुने बताए ।
मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै उनले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, कालोबजारी रोक्न नसकेको, संवैधानिक निकायमा राजनीतिकरण हाबी भएको आरोप लगाउँदै उनले यसले सरकारलाई अप्ठ्यारामा पार्ने बताए । सत्तामा रहेका तीन ठूला दलसमेत मिल्न नसक्नु नेतृत्वको अक्षमता भएको उनको टिप्पणी थियो ।
सो अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठलाई सामाजिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्षेत्रीय सभापति सरिता केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण