धवलागिरिमा नेपाल टेलिकमको ‘थ्रिजी’ सेवा
बागलुङ– धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा सुरु भएको छ ।
नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बिहीबार उद्घाटन गरे । धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ‘थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए ।
सोह्र स्थानमा रहेको पुरानो प्रविधिको ‘थ्रिजी’लाई स्तरोन्नति र थप पाँच स्थानमा नयाँ ‘थ्रिजी–बिटिएस’ जडान गरिएको हो । अब इन्टरनेट प्रयोगकर्ताले विगतको तुलनामा बढी क्षमतायुक्त र तीव्रगतिको ‘थ्रिजी’ सेवा उपभोग गर्न पाउनेछन् । ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्रगतिको इन्टरनेट ‘सर्फिङ’ लगायत सेवा प्राप्त गर्न सकिने उनको भनाइ छ ।
टेलिकमले विभिन्न सुविधायुक्त ‘डाटा प्याकेज’ पनि ल्याएको छ । ‘थ्रिजी’ प्रयोकर्ताले एक ‘जिबी’ डाटा लिन रु ५०० मात्र खर्चे पुग्नेछ, जुन एक महिना अवधिको हुन्छ । यस्तै, पाँच ‘जिबी’ लिँदा रु एकहजार ८०० लाग्ने र त्यसले तीन महिनासम्म असिमित सेवा लिन सकिनेछ ।
“आगामी आवमा धवलागिरिका थप ५० स्थानमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने लक्ष्य लिएका छौं” क्षेत्रीय निर्देशक भारतीले भने । हाल धवलागिरि क्षेत्रमा रहेका ८५ वटा ‘जिएसएम, बिटियस’लाई बढाएर आगामी आवमा १२० पु¥याउने लक्ष्य छ ।
सूचना तथा सञ्चारमन्त्री राईले टेलिकमलाई नम्बर एक दुरसञ्चार कम्पनी बनाउने उद्घोष गरे । “समस्या पहिचान गरी यसलाई सुधारेर लैजान आवश्यक छ” उनले भने । देशभर नेपाल टेलिकमका सम्पूर्ण सेवाको पहुँच बढाउन पूर्वाधार विकासको कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
मन्त्री राईले मोबाइलमा ‘थ्रिजी’ प्रयोग गरेर सेवाको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण