शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्युत् हुकिङ गरी चोरी गर्ने पक्राउ

शुक्रबार, ०३ वैशाख २०७३, १४ : ३३
शुक्रबार, ०३ वैशाख २०७३

मोरङ– मोरङको सोराभाग र कदमाहा गाविसमा विद्युत् हुकिङ गरी चोरी गर्ने आठजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल रङ्गेली, स्थानीय प्रहरी चौकी र नेपाल विद्युत् प्राधिकरण रङ्गेलीबाट खटिएको टोलीले सोराभाग–५ र कदमाहा ३, ६ र ८ नं वडामा तारको सहयोगमा विद्युत् चोरी गर्ने आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कदमाहा–८ का सचिन कामत, भरतलाल ठाकुर, राजकुमार शर्मा, गङ्गा शर्मा, कदमाहा–३ का गर्जु मण्डल, कदमाहा–६ का इन्द्रकान्त झा, सोराभाग–५ का शुभदेव मण्डल र उपेन्द्रकुमार शाह छन् ।

पक्राउ परेकालाई प्रहरी चौकी कदमाहामा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप