शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फुजेलको दुखद घटना : हेलिकप्टरमा काठमाडौं लगेर उपचार गराउँदा पनि बाँच्न सकिनन् सावित्रा

शुक्रबार, ०३ वैशाख २०७३, १५ : २१
शुक्रबार, ०३ वैशाख २०७३

गोरखा–टाउको दुखेको निहुँमा गोरखा फुजेल पन्तारीकी २६ वर्षीया सावित्रा न्यौपानेको आज बिहान मृत्यु भएको छ । बिहान १० बजे उपचारको क्रममा उनको बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

माइत गएको बेला आज बिहान ६ बजे उनलाई टाउको दुखेको थियो । टाउको झन झन बढि दुख्दै गएपछि ८ बजेतिर घरमा खबर माइती पक्षले खबर गरिदिएका थिए ।

माइत गएकी सावित्रालाई घरबाट लिन उनका ससुरासँगै गाउँका अन्य व्यक्ति पनि गएका थिए । उनीहरु त्यहाँ पुग्दा उनको अवस्था झन बढि भएको थियो ।

उनको अवस्था गम्भिर भएपछि पोखराबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टर पठाएर उपचारको लागि काठमाडौं लगिएको थियो । काठमाडौं लगिएपनि उनको सफल उपचार हुन सकेन् । अप्रेसन गर्नै लाग्दा उनलाई डाक्टरले मृत घोषणा गरिदिएको उनका ससुराले बताए ।

उनका दुई छोरा ठूलो ५ वर्ष र कान्छो ढेड वर्षका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप