शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्याग्नुपर्ने : भट्टराई

शुक्रबार, ०३ वैशाख २०७३, १६ : २१
शुक्रबार, ०३ वैशाख २०७३

सप्तरी– नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेसीहरुले उठाएको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

पोर्ताहास्थित कङ्कालनी माविमा ‘मधेस जागरण’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र मधेसकेन्द्रित दलले आफनो हठ त्यागी अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्नुपर्ने बताए ।

डा भट्टराईले सप्तरीमा स्वास्थ्य, शिक्षा, र रोजगारीको समस्या रहेको उल्लेख गर्दै अहिले रोजगारीको उचित व्यवस्था नरहेकाले धेरैजसो युवा दुबई, कतार, मलेसिया जस्ता मुलुकमा काम गर्न जार्नुपर्ने बाध्यता रहेकामा चिन्ता गरे ।

यसैबीच डा भट्टराईले जनआन्दोलन– ३ मा सहिद भएका डेढा गाविस– ३ का वीरेन्द्र रामकी पत्नी बबिता र घाइते घुरन साफीलगायतका सहिद परिवारलाई सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप