शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले केन्द्रीय समिति बैठकद्वारा १९ बुँदे प्रस्ताव पारित, मधेसी दललाई वार्तामा आउन आह्वान

शुक्रबार, ०३ वैशाख २०७३, १९ : ३०
शुक्रबार, ०३ वैशाख २०७३
[caption id="attachment_17703" align="alignleft" width="840"] file photo[/caption]

काठमाडौँ– आन्दोलनरत मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत छदिनदेखि जारी नेकपा एमालेको केन्द्रीय समितिको छैटौँ बैठक आज सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ ।

बैठकले समसामयिक १९ वटा प्रस्ताव पनि पारित गरेको छ । पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप