मृतक भनिएका चालक २ दिन पछि सम्पर्कमा आए !
दाङ–दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुई दिन पछि सम्पर्कमा आएका छन् । घाइते अवस्थामा उनी आज बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् ।
दुर्घटनामा परी ट्याक्टर चालक रोल्पा कोटगाउँ–१ का २१ बर्षका रामचन्द्र घर्ती र सहचालक जङकोट गाविस १ निबासी १९ बर्षका सुनिल पुनको मृत्यु भएको प्रहरीले बताएको थियो ।
सम्पर्कमा आएका चालकलाई गाडि मालिक राजविर घर्तिले मृतक, चालक नै भएको र आमा पुनि मगर र आफन्तले पनि मृतक आफनै छोरो नै भएको दाबी गर्दै पोष्टमार्टम पछि राप्तीअंचल अस्पतालबाट शब बुझेर लगे पछि प्रहरीले घटनाको पुष्टि गरेको थियो । मृत्यु भएको भनिएका चालक घर्ति विहान ९ बजे घाइते अबस्थामा आए पछि प्रहरीले चालकका आफन्तलाई सम्पर्क गरेर जानकारी गराए पछि अन्त्यष्टि गर्न रोल्पा लग्दै गरको शव फिर्ता ल्याउन लागेका छन् । चालक उपचार पछि प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना घटेपछि नजिकै रहेको राम्री भन्ने गाउँमा गएर बसेको र पछि होस आए पछि अस्पतालमा आएको उनले प्रहरीलाई बयान दिएका छन् । मृतक व्यक्ति दाङको विजौरी जाने भन्दै सल्यानको श्रीनगरबाट चढेको चालकले बताएका छन् । तर मृतक कोहुन ? भन्ने कुरा अझै खुलेको छैन् । आफनो छोरो भन्दै लगेको अर्कैको शव अब डेढघण्टा पछि तुलसीपुरमा ल्याइपु¥याउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीनिरीक्षक सन्तोष रोकामगरले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण