फोटोजर्नालिस्ट क्लबमा नयाँ नेतृत्व
शुक्रबार, ०३ वैशाख २०७३, १६ : ५८
काठमाडौँ- नेपालभर रहेका बिभिन्न आमसंचार माध्यममा कार्यरत फोटोपत्रकारहरुको छाता संगठन फोटोजर्नालिस्ट क्लब नेपालको नयाँ कार्यसमिती चयन भएको छ । फोटोपत्रकार क्लब नेपालको सातौं बार्षिक साधारण सभाले अन्नपूर्ण पोष्ट दैनिकका डेपुटी फोटो सम्पादक बिकास कार्कीको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिती चयन गरेको हो ।
२ बर्ष कार्यकाल रहने क्लबको उपाध्यक्षमा कारोबार दैनिकका फोटोपत्रकार दिपक भट्टराई गाउँले, महासचिबमा अनलाइनखबरका फोटो सम्पादक श्रीधर पौडेल, सचिबमा नागरिक दैनिकका केशब राज थोकर, कोषाध्यक्षमा राजधानी दैनिकका द्धारिका प्रसाद काफ्ले निर्बाचित भएका छन् ।
यसैगरि कार्यसमिती सदस्यमा कान्तिपुर पब्लिकेशनमा कार्यरत श्रुती श्रेष्ठ, नागरिक दैनिकका दिपेश श्रेष्ठ, अन्नपूर्ण दैनिककी उमा बिष्ट, नयाँपत्रिका दैनिकका ज्ञानेन्द्र कार्की, रातोपाटी अनलाइनका अशोक दुलाल र लोकान्तर अनलाइनका अशोक महर्जन निर्बाचित भएका छन् ।
फोटोजर्नालिस्ट क्लब नेपाल पत्रकार महासंघ संग आबद्ध एशोसियट सदस्य हो । क्लबले नेपालमै सबैभन्दा ठूलो पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ भने यसलाई काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरुमा पनि प्रदर्शनी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण