शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मधेसी मार्चालाई नेताको घर घेर्न सुन्दरमणी दिक्षितको सल्लाह

शुक्रबार, ०३ वैशाख २०७३, १७ : ३२
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं– नागरीक समाजका अगुवा सुन्दरमणी दिक्षितले मधेसको आन्दोलन सफल बनाउन प्रमुख दलका नेताहरुको घर घेर्न मधेसी मोर्चालाई सुझाव दिएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने बताएपछि उनले भने, ‘ अबको आन्दोलन सिहदरवार घेरेर मात्र सफल हुँदैन, नेताको घर–घर घेर्नु घेर्नुपर्छ । शुक्रबार सदभावना पार्टीको २६ औ स्थापना दिवस तथा स्व गजेन्द्रनारायण सिहको ८७ औ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थपे, ‘मधेसीले नेपाली हुन कति दिनसम्म आन्दोलन गर्नु पर्छ, २६ वर्षदेखि मधेसीले आन्दोलन गरिरहेका छन् । मधेसीले हामी पनि नेपाली हौ भन्नलाई छाती र पीठ्यूमा नेपाली लखेर हिड्नु पर्छ ?’ गजेन्द्रनारायण सिहले मधेसको अधिकारका लागि खाएको बुट र ढुगांको घटना आफ्नो दिमागमा ताजै रहेको स्मरण समेत सो अबसरमा गरेका थिए । तर प्राध्यापक कृष्ण खनालले भने मधेसको समस्या वार्ताको माध्यमबाटै हुन सक्ने बताए । वार्ताको अपेक्षित वतावरण बन्न नसकेपनि वार्ताको बाटो छाड्न नहुने उनको धारणा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप