शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मध्यरातमा जापानमा अर्को शक्तिशाली भूकम्प (१० तस्बिरसहित)

शनिबार, ०४ वैशाख २०७३, १५ : ५७
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं–जापानको दक्षिणी शहर कुमामोतोमा शुक्रबार मध्यरातमा अर्को शक्तिशाली भूकम्प जाँदा ठूलो क्षति भएको छ ।

त्यहाँको राष्ट्रिय टेलिभजनका अनुसार कम्तीमा ६ जनाको ज्यान गएको छ भने ७ सय जनाभन्दा बढि घाइते भएका छन् ।

शनिबार राति १ बजेर २५ मिनेट जाँदा क्युशु क्षेत्रमा १० किलोमिटरको गहिराइमा ७.३ म्याग्निट्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रविन्दुदेखि नजिकको शहर कुमामोतोमा कैयौं भवनहरु भत्किएका छन्, जहाँ संरचनागत क्षतिका कारण एउटा अस्पताल खाली गराइएको छ । जापानी मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिडे सुगले भत्किएका भवनभित्र करिब ७० जना पुरिएको हुन सक्ने आशंका गरिएको बताएका छन् ।

एउटा बाँध भत्किएपछि एउटा गाउँ पनि खाली गराइएको छ । त्यसपछि सुनामी आउने चेतावनी जारी गरिएको थियो र ५० मिनेटपछि चेतावनी फिर्ता लिइएको थियो ।

बिहानी हुना साथ सुरक्षाकर्मीहरुले खोजी कार्य सुरु गरेका छन् । यसअघि बिहीबार गएको भूकम्पमा कम्तीमा ९ जनाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप