शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूला दुई दल सरकारमा सँगै हुनुहुँदैन : डा कोइराला

शनिबार, ०४ वैशाख २०७३, १५ : ५६
शनिबार, ०४ वैशाख २०७३

चितवन– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेस पनि यही सरकारमा गए भ्रष्टाचार, कालोबजारी र कुशासन बढ्ने सम्भावना हुने बताए ।

मधेसका, जनजाति, आदिवासीलगायतको समस्या समाधान नगरी काँग्रेस सरकारमा जानाको औचित्य नभएको बताउँदै नेता कोइरालाले अहिले सङ्गठनलाई चुस्तदुरुस्त बनाउने काममा काँग्रेस लाग्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा उनले धर्मनिरपेक्षताका कारण सङ्घीयता र गणतन्त्र धरापमा पर्न नहुने बताउँदै गणतन्त्रलाई संस्थागत गर्दै ८५ प्रतिशत जनताको मागअनुरुपको हिन्दू राज्यका लागि लाग्नुपर्ने विचार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप