शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेरी बास्सैमा नयाँ अनुहार : ह्यारीको गाइड बन्नेदेखि धुर्मुसको साथीसम्म

शनिबार, ०४ वैशाख २०७३, १६ : ३५
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला मेरी बास्सैमा नयाँ अनुहार देखिन थालेको छ । ती हुन् कलाकार लेखान्त भुषाल ।

उनी सिरियलमा कहिलेकाहिँ धुर्मुसको साथी बनेर देखिन्छन् त कहिलेकाहिँ अन्य भूमिकामा देखिन्छन । यसअघि राजकुमार ह्यारी नेपाल आउँदा प्रशारण भएको मेरी बास्सैको भागमा उनी ह्यारीको गाइड बनेर खेलेका थिए ।

वास्तममा उनी पर्दा पछाडिका कलाकार हुन् । मेरी बास्सैमा उनले कलाकारसँगै व्यवस्थापनको पाटो पनि हेर्ने गरेका छन् । हामीले जसरी मेरी बास्सै घरमा बसेर मज्जाले हेर्छौं त्यसको व्यवस्थापन गर्न निकै कठिन कार्य हो ।

कार्यक्रममा सामानहरुको रेखदेख, व्यवस्थापनदेखि लिएर कहाँ कसलाई के आवश्यक पर्यो ? र कसरी त्यसको समाधान गर्ने भन्ने जिम्मा लिएका छन् लेखान्त भुषालले ।

उनी दाङ नारायणपुर निवासी हुन् । सानैदेखि कलाकारीतामा रुची राख्ने लेखान्त प्लस टु सकेर काठमाडौँ छिरेका थिए । कलाकारितमा रुची बढ्दै गएपछि उनी काठमाडौँ छिरेका थिए ।सानैदेखि गाउँघरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदै पछि सडक नाटकहरुमा पनि खेल्न थाले ।

काठमाडौंमा सुरुवाती ताका कसैसँग चिनजान नभएको र पछि केहि व्यक्तिसँग चिनजान गरेकोले विभिन्न फिल्महरुमा सानो भूमिकामा उनले काम गरेका थिए । केही समय सानो भूमिकामा अभिनय गरेका भुषालले भद्रगोलमा पनि काम गरेका थिए । भल्रगोलका कलाकार जयन्ते (गोविन्द कोइराला) ले उनलाई भद्रगोलमा काम गर्ने अवसर दिएका थिए । मूख्य भूमिका नभए पनि कथाको माग अनुसार उनी कहिलकाहिँ देखिन्थे । तर, पनि उनलाई त्यही कुरा ठूलो थियो । त्यतिबेला पनि भद्रगोलको व्यवस्थापनको पाटो हेर्दै सिरियलमा देखिन्थे ।

समयसँगै उनी धुमुर्स सुन्तलीसँग नजिकिए र मेरी बास्सैमा काम गर्न थाले । धुमुर्स सुन्तलीले आफूलाई विश्वास गरेर ठूलो गुन लगाएको बताउँछन् लेखान्त । बुबाको स्वार्गारोहणपछि नै आफुलाई धुमुर्स–सुन्तलीले साथ दिएकोले आज यो स्थानसम्म आएको उनको भनाई छ । धुमुर्स–सुन्तली नै मेरो बुवा आमा हुन उनले भने, म यहाँसम्म आइपुग्नुमा धुमुर्स–सुन्तलीको ठूलो भूमिका छ । यो म कहिल्यै भुल्दिनँ । हाल लेखान्त मेरी बास्सैमा सपोटिङ रोलमा देखिन्छन् भने व्यवस्थापनको मुख्य जिम्मा पनि उनकै छ । साथै उनले आधा दर्जन म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप