हतारको सपनाले जेल पुऱ्यायो
भरतपुर–झापा गौरदह–७ कि रमा(नाम परिवर्तन) राहदानी बनाएर विदेश जाने पखाईमा बसेको धेरै भएको थियो । घरपरिवारको चिनेजानेका व्यक्ति भेटिएपछि विदेश जाने सपना साकार हुने आशा पलायो । भारत हुँदै कुवेत पु¥याइदिने भनेपछि उनले आफ्नो राहदानी बुझाइन् । आफ्नी काकी कुवेतमा रहेकाले कुवेत जाने सपना बोकेकी सिमा (नाम परिवर्तन)ले पनि काकीले उपलब्ध गराएको नम्बरमा फोन गरेर अपरिचत व्यक्तिलाई आफ्नो राहदानी बुझाइन् ।
यसरी राहदानी बुझाउने सिमा धादिङ तसर्पु गाविस–९ बस्ने गरेकी थिइन् । मकवानपुर चित्लाङ–६ कि हिमा (नाम परिवर्तन) एक महिनाअघि चिनजान भएका व्यक्तिमार्फत विदेशिन तयार भइन् । यसरी राहदानी लिने व्यक्ति कास्कीकोट–७ भइ पोखरा बस्ने ३९ वर्षीय प्रकाश भनिने तुला गिरी थिए । झापा घर भइ पोखरा बस्ने, धादिङ र मकवानपुरका तीन युवतीहरुलाई सँगै जुटाएर माइक्रोबसमा लिएर जाने क्रममा मानव बेचविखनको आरोपमा पक्राउ परे ।
तीन युवतीहरुलाई बेचविखन गर्न खोजेको आरोप लागेका कास्की कास्कीकोट गाविस–७ घर भई हाल पोखरा बस्ने ३९ वर्षको तुला गिरी, चितवन भरतपुर छहारीचोक बस्ने ३३ वर्षका राजु श्रेष्ठ र नवलपरासी अमरापुरी गाविस–१ घर भई हाल पोखरा बस्दै आएका ४० वर्षकी आनमाया पुनमगरलाई पुर्पक्षका लागि कारागारमा छन् ।
कुवेत जान राजी भएका तीन युवतीसँग राहदानी मागेर कुरियरमार्फत कुवेत पठाएकोमा भिसा लाग्यो भन्ने खबरसहित गिरीका सहयोगी राजु र आनमाया सँगै माइक्रोबसमा यात्रा गर्दै चैत्र ७ गते साँझ काठमाडौंबाट चितवन पुल्चोक आइपुगेका थिए । तीनै जना योजनाकारहरु काठमाडौंबाट सँगै निस्केका थिए । विदेश जाने सपना बोकेका दुई युवती काठमाडौंबाट तथा एक जना युवती मुग्लिङबाट माइक्रोबसमा सँगै थिए ।
माइक्रोबसबाट झदै गर्दा साना हातहरु नेपाल नामक संस्थाका प्रतिनिधिहरुले शंका लागेर सोधपुछ गरे । महेन्द्रनगरको बाटो हुँदै भारतमा लगेर बेच्न खोजेको आशंकामा उनीहरुलाई प्रहरीको सहायतमा नियन्त्रणमा लिएको थियो । साना हातहरु नेपाल संस्थाले मानव बेचविखन तथा ओसार–पसार मुद्दामा कारवाहीको माग गर्दै जाहेर दरखास्त दिएका थिए । पीडित युवतीहरु र प्रतिवादीहरु बीच पटकपटक फोनमा कुराकानी भएको अध्ययनले देखाएको छ । यता आरोपीले पीडितलाई चिन्दिन समेत भनेर अदालतमा बयान दिएका थिए । पीडित युवतीहरुले ललाईफकाई विदेश पठाउन खोजेको आरोप बयानका क्रममा दिएका छन् ।
उनीहरुले नयाँ दिल्लीबाट हवाइजाहजमार्फत कुवेत पठाउने आश्वासन दिएको स्रोतको भनाई छ । जिल्ला अदालतले यही चैत ३० गते पीडित तथा प्रतिवादीहरुको बयानका आधारमा प्राप्त प्रमाणका आधारमा प्रतिवादीलाई तत्काल निर्दोष मान्न सकेको छैन् । वैदेशीक रोजगारीमा पठाउने इजाजत प्राप्त प्रमाण आरोपीले अदालतमा पेश गर्न नसकेको स्रोतले जनाएको छ । मानवबेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ८ बमोजिम मुद्दा पुपक्र्षका लागि थुनुवा पुर्जी दिई थुनामा राख्न आदेश दिएको हो । मुख्य न्यायाधीश टेकनारायण कुँवरको इजलासले सो मुद्दाका आरोपीलाई कारागार चलान गरेको हो ।
वैशाख ८ गते वादी नेपाल सरकारका साक्षी सरकारी वकिलमार्फत तथा प्रतिवादीका साक्षी प्रतिवादीबाटै उपस्थित गराई बकपत्रका लागि इजलास गर्ने भएको छ । थप प्रमाण बुझेपछि यो मुद्दामा अदालतले फैसला गर्ने जनाएको छ । जिल्ला अदालतमा वर्षेनी आधा दर्जन मुद्दा मानव बेचविखनका पर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण