मारुती भ्यान र टेम्पु ठोकिँदा १ को मृत्यु, दुई घाइते
राजविराज– सप्तरीको देउरी भरुवा–१ मा शनिवार मारुती भ्यान र टेम्पु एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
राजविराज–हनुमाननगर सडक खण्डमा पूर्वतर्फ गईरहेको बा३च ७७७६ नम्बरको मारुती भ्यान विपरित दिशाबाट आउँदै गरेको स१ह ८५ नम्बरको टेम्पसँग ठोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी टेम्पुमा सवारको बरसाईन–७ बस्ने ३२ वर्षीय मिना देवीको उपचारको क्रममा मृत्यु भएको छ । अन्य टेम्पुमा सवारको मधेपुरा–१ बस्ने २२ वर्षीया ज्योती कुमारी सिंह र भारत बिहार जिल्ला कमलपुर–१ बस्ने १० वर्षीय चाँदनी कुमारी मण्डल घाइते भएका हुन् ।
दुर्घटनाबाट गम्भिर घाइते ज्योती कुमारी सिंहलाई उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ भने चाँदनीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
दुवै गाडी जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण