शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकार परिवर्तन हल्ला मात्र : उपाध्यक्ष गौतम

शनिबार, ०४ वैशाख २०७३, १७ : ०८
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको बताएका छन् ।

नेकपा एमाले प्यूठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा नयाँ वर्षको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता गौतमले वर्तमान सरकार परिवर्तन हुन्छ भनी केही तत्वले हल्ला मात्र चलाएको र यसका पछाडि कुनै तथ्य र आधार नभएको प्रष्ट पारे ।

एमाले नेतृत्वको सरकारले सरकारमा सहभागी सबै दललाई यथोचित स्थान दिएकाले यो सरकारको संरचनात्मक आधार बलियो भएको उनले बताए ।

अर्को प्रसङ्गमा बोल्दै नेता गौतमले अब नेपालमा कुनै किसिमको जातीय र भाषिक विभेद नभएकाले त्यस्ता कुराको पछाडि नलागी समग्र राष्ट्र निर्माण केन्द्रित हुन आग्रह गरे । यही सरकारले स्थानीय निर्वाचन गराउने भएकाले पार्टी कार्यकर्तालाई त्यसतर्फ लाग्न निर्देशन दिए ।

यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले अबको राष्ट्रिय मुद्दा भनेको संविधान कार्यान्वयन भएको बताए। उनले संविधान कार्यान्वयनका लागि पार्टी एक ढिक्का हुनुपर्ने र त्यसतर्फ नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप