‘समाचार प्रवाह गर्दा राष्ट्रियतामा ध्यान दिनुपर्ने’
काठमाडौँ– सञ्चार क्षेत्रले मुलुकको राष्ट्रियता र सामाजिक एकतालाई केन्द्रमा राखेर समाचार प्रवाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जनधारणा साप्ताहिकको २५औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले सञ्चारकर्मी तथा सञ्चारगृहले राष्ट्रियताप्रति सचेत र संवेदनशीलता हुनुपर्ने सुझाव दिएका हुन् ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रद्रोही अभिव्यक्तिलाई कुनै पनि सञ्चारमाध्यामले स्थान दिन नहुनेमा जोड दिँदै सञ्चार क्षेत्रले देशको राष्ट्रियता संरक्षणमा गम्भीर नभए मुलुकको अस्तित्व सङ्कटमा पर्ने बताए ।
सञ्चार मन्त्रालयका पूर्व सचिव सुशील घिमिरेले पत्रकारिता क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनालाई सर्वसाधारण समक्ष पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको गुणस्तरमा ध्यानदिनुपर्ने बताए ।
पत्रकार पुस्करलाल श्रेष्ठले पत्रकारिता क्षेत्र भनेको समाजसेवाको सशक्त माध्यम भएको बताउँदै यस क्षेत्रमा लगनशीलताको खाँचो रहेको औँल्याए ।
अर्का पत्रकार ओम शर्माले लोक कल्याणकारी विज्ञापनको वितरणलाई पारदर्शी बनाउन माग गर्दै सरकारले साना सञ्चार माध्यममा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
जनधारणा साप्ताहिकका प्रधान सम्पादक निमकान्त पाण्डेले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि उद्देश्य बोकेर सो संस्थाले सेवा सुरु गरेको बताउँदै पाठकले मन पराएका कारण अहिले २५ औँ वर्षसम्म निरन्तरता पाएको बताए ।
जनधारणा साप्ताहिकका प्रबन्ध निर्देशक राज्यलक्ष्मी शाक्यले पत्रकार आगामी दिनमा देशमा सुशासन, सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण