शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बग्दादमा आत्मघाती आक्रमण, आठको मृत्यु

शनिबार, ०४ वैशाख २०७३, १७ : २२
शनिबार, ०४ वैशाख २०७३

बग्दाद– इराकको बग्दादमा शनिबार भएको आत्मघाती आक्रमणमा कम्तीमा आठजना व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी अन्य १५ जना घाइते भएका एक प्रहरी अधिकारीले बताएका छन् ।

बग्दादको बाब अल सर्जी क्षेत्रमा आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । यस आक्रमणमा परी आठ जना सर्वसाधारण परेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यस आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने समेत बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

तर हालैका दिनहरुमा यस्ता आक्रमणहरुमा इस्लामिक स्टेट्स आइएसको हात रहदै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप