शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वाग्मती सफाई गर्दा नौ टन फोहर निकालियो

शनिबार, ०४ वैशाख २०७३, १८ : ४९
शनिबार, ०४ वैशाख २०७३

काठमाडौँ– वाग्मती नदीलाई स्वच्छ र सफा तुल्याउने अभियानअन्तर्गत तीनकुने महादेवस्थान क्षेत्रमा आज नदीबाट नौ टन फोहर निकालिएको छ ।

प्रत्येक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म वाग्मती सफाइ अभियान सञ्चालन हुँदै आएको छ ।

सो अभियानअन्तर्गत आज १५३औँ हप्ताको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ नगरपालिका, विज्ञापन सङ्घ, चलचित्र सङ्घ, गायत्री परिवार र जीवन विज्ञान संस्थाको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप