उपचार खर्च नहुँदा अस्पतालमै थला
इटहरी – सुनसरीको भरौल–३ स्थित नहडाका ३२ वर्षीय विचारी पुरी यतीबेला आर्थिक अभावले उपचार नपाएर बेडमा छट्पटाइरहेको छन् । फोक्सोमा क्यान्सर पीडित पुरी आर्थिक अभावकै कारण उपचार हुन नसक्दा मर्नु न बाँच्नुको दोधारमा छन् ।
विगत दुई महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उनी थला परेका छन् । आर्थिक अभाव भएकै कारण उनको राम्ररी उपचार हुन नसकेको उनका परिवारले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका पुरी परिवार अहिले आर्थिक संटकमा छन् । राम्ररी उपचार गराउने पैसा नभएको कारण समस्यामा परीको विचारीको बुबा भबिलाल बताउँछन् । आर्थिक अभावको कारण ज्यादै समस्यामा परेको भबिलालले बताए ।
अहिले साथीभाई, आफन्त र दशनामी समाजले दिएको केही रकमले उनको उपचारमा केही सहयोग पुगे पनि आर्थिक अभावकै कारण राम्ररी उपचार हुन नसकेको परिवारको भनाई छ । भएको अली–अली पैसा पनि उपचार खर्चमा सकिएपछि अहिले उनीहरुलाई आर्थिक संकट परेको पुरीको परिवारले जनाएको छ । बिचारीको बुबा भबिलालले भने पैसा भए त छोरो बाँच्थ्यो, उस्लाई बाँच्न मन छ ।
विचारीको भाई नरेन्द्रले आर्थिक समस्याकै कारण दाईको उपचार राम्ररी हुन नसकेको गुनासो गरे । पैसा नहुनु जस्तो पीडा केहीमा हुँदैन रहेछ दुखेसो गदै भने । बिचारीलाई बचाउन तपाई हाम्रो भूमिका मानवताको नाताले के हुनसक्छ ? सहयोगको उपेक्षा गरेका छौँ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण