शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल पुलिस क्लब एपिएफसँग २–० गोलले पराजित

शनिबार, ०४ वैशाख २०७३, १८ : ५९
शनिबार, ०४ वैशाख २०७३

पोखरा–पोखरा रंगशालामा जारी पाँचौ संस्करणको मनकामना केबलकार फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा नेपाल पुलिस कल्ब एपिएफसँग २–० गोल अन्तरले पराजित भएको छ ।

एपिएफलाई जिताउन रञ्जन बिष्टले २ गोलको योगदान दिए । उनले खेलको ६० औँ मिनेट तथा खेलको ६२ औँ मिनेटमा गरी २ गोल गोल गरेका हुन् ।

पहिलो हाफमा बराबरी खेलेको नेपाल पुलिस क्लबले खेल सुरु भएको १२ औँ मिनेटमा गोल गर्ने राम्रो अवसर पाएको थियो । पुलिसका सुमन लामाले डि–एरिया नजिकबाट हानेको प्रहार बारमा लागेर फर्किएको थियो । पुलिसका शिव सुवेदीले किपरसँगको वान भर्सेज वानमा पाएको बललाई गोल गर्न चुके । दोस्रो हाफको ८८ औँ मिनेटमा सुमन सुवेदीले हानेको कडा प्रहार मैदान बाहिरीयो । दोस्रो हाफमा राम्रो लयमा पर्केको एपिएफले २ गोल गर्दै आफ्नो जित सुरक्षित गरेको हो ।

आजको खेलको म्यान अफ दी म्याज एफिएफका रञ्जन विष्ट घोषित भए । भोलिको खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी भर्सेज झापा–११ बीच हुने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप