शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोटे टाइगरले जिते ‘अन्र्तराष्ट्रिय रेस्लिङ’ (फोटोफिचर)

शनिबार, ०४ वैशाख २०७३, १९ : ३६
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं–राजधानीको दशरथ रंगशालामा शनिबार नेपाल रिङ रेस्लिङ संघको आयोजनामा अन्र्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । नेपाल, जापान, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, आयरल्याण्डलगायत १२ देशका ४ महिलासहित २४ खेलाडी सहभागी प्रतियोगितामा नेपाली नुवाकोटे टाइगर र जापानका कामीकाजीले प्रतियोगिताका उपाधी जितेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई प्रधानमन्त्री केपी ओलीले रेस्लिङको रिङमा चढेर प्रतियोगीहरुलाई तक्मा लगाइदिएका थिए । सो प्रतियोगितामा महिला रेस्लरहरुको सहभागीतामा महिला रेस्लिङको स्वाद समेत पस्किएको थियो । नेपाली युवक नुवाकोटे टाइगरले रेस्लिङ जितेपछि दर्शक खुसीले उफ्रिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप