१२ वर्षीया बालिका बलात्कार गर्नेमध्येका मुख्य योजनाकार पक्राउ
नवलपरासी–नवलपरासीमा एक १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्नेमध्येका मुख्य आरोपित कृष्ण महतो पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले महतोलाई मोरङको विराटनगरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
पक्राउ परेका महतोलाई शनिबार कावासोती ल्याइएको छ । बालिकालाई बलात्कार गर्ने आरोपितमध्येका अन्य दुईजना भने अझैं फरार छन् ।
महतोलाई आफन्तको घर लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । गत चैत १८ गते साँझ बालिकालाई तीनजनाको समूहले बलात्कार गरेका थिए । बालिकाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ ।
कावासोती नगरपालिका–१३ लौखानीका २५ वर्षीय महतो, २७ वर्षीय केशव थापा र कावासोती–१३कै बुढौलीकुना निवासी २६ वर्षीय विनोद गुरुङले बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै उनीहरुको नाममा प्रहरीमा किटानी जाहेरीसमेत परेको छ ।
घटनाको अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण