शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनामा विकको मृत्यु

शनिबार, ०४ वैशाख २०७३, २० : ०२
शनिबार, ०४ वैशाख २०७३

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–१५ माकलबारीस्थित सडकमा बा १ ज ६२१७ नम्बरको माइक्रोबस र बा ३४ प ५४६९ नम्बरको मोटरसाइकल आज एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते एकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने सिन्धुली दुधौली–३ का भक्तबहादुर विकको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला

यसैबीच, बानेश्वरस्थित बागमती नदी किनाराको सुकुम्बासी टोल बस्ने सिन्धुपाल्चोक सुनखानी–२ की ७५ वर्षीया रत्नमाया भण्डारी आज मृत अवस्थामा फेला परेकी छन् ।

उनी टोलनजिकैको चौरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप