शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हराएकी बालिकाको भारतबाट उद्धार

आइतबार, ०५ वैशाख २०७३, ०७ : २५
आइतबार, ०५ वैशाख २०७३

भीमदत्तनगर–दुई महिनाअघि हराएकी बालिकाको माइती नेपाल कञ्चनपुरले भारतको हिमाञ्चल प्रदेशबाट उद्धार गरेको छ ।

भीमदत्तनगरपालिका–८ की १२ वर्षीया बालिका दुई महिनाअघि हराएकी थिइन् । माइती नेपालले भारतीय प्रहरीको सहयोगमा हिमाञ्चल प्रदेशको होल्हाल, पोण्डा भन्ने स्थानबाट बालिकाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए ।

हराएकी बालिका नभेटाएपछि गत चैतमा माइती नेपालमा समेत खोजीका लागि परिवारजनले निवेदन दिएका थिए । “फोन लोकेसनबाट बालिकाको उद्धार सहज भएको हो,” संयोजक भट्टले भने – “हामीलाई भारतीय प्रहरी र त्यहाँका विभिन्न मानव बेचबिखनविरुद्धका सङ्घसंस्थाले पनि उद्धारमा सघाए ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप