ओखलढुंगाको सुकुम्बासी परिवारको घर निर्माण सुरु
ओखलढुंगा – ओखलढुंगाको भुसिङ्गाका भूकम्प प्रभावित सुकुम्बासी परिवारको स्थाई अवास निर्माण कार्य शुरु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालको सहयोगमा प्रकोप जोखिम न्युनीकरण परियोजनामार्फत जिल्लाको इलाका नम्बर–६ मा पर्नेे सुकुम्बासी परिवारको आवास निर्माण शुरु भएको हो ।
भुसिङ्गा–४ का सुकुम्बासी फुर्वा वाङ्छु शेर्पाको ३ कोठे अर्का प्रभावित काम जिरेलको ४ कोठे गरी एक तले घर निर्माण गरि गत चैतदेखि अभियान शुरु गरिएको अस्पताल प्रकोप जोखिम न्यूनिकरणका संयोजक निरु कार्कीले बताए । सोलुखुम्बुका वाङ्छु शेर्पा १२ वर्ष अघिदेखि बिहे गरी ससुरालीमै बस्दै आएका थिए भने कामे जिरेल बाउबाजेकै पालादेखि अर्काको घरमा बस्दै आएका थिए ।
सुकुम्बासी शेर्पाको घर यहि वैशाख १२ भित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यसअघि अस्पतालकै पहलमा उनीहरुलाई बस्दै आएको घरधनीबाट न्युनतम रकममा जग्गा उपलब्ध गराएपछि घर बनाउन शुरु गरिएको अस्पताल प्रकोप जोखिम न्यूनिकरणका संयोजक कार्कीले बताए ।
निमार्णधिण घर इन्जिनियरको डिजाइनमा भूकम्प प्रतिरोधि ढुंगा, माटो, काठ र टिनको छानो प्रयोग गरी २ देखि ४ कोठाको बनाइने अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार अहिलेसम्म भुसिङ्गा, रावादोलु, चण्डेश्वरी र खिजिफलाटेमा गरी जम्मा १२ सुकुम्बासी परिवारले आफ्नो नाममा जग्गा प्राप्त गरि सकेका छन् ।
जग्गा प्राप्त भएका अरु घरधुरीहरुको पनि चाँडै घर निर्माण शुरु गरिने र अन्य सुकुम्बासीहरुका लागि पनि जग्गाको लागि पहल भइरहेको स्रोतले बताएको छ । अस्पतालले भूकम्पपश्चात गत पुस महिनाबाट जिल्लाको इलाका नं. ६ का खिजिफलाटे, खिजिकाती, भुसिङ्गा, रावादोलु, रगनी र खिजीचण्डेश्वरी गाविसका भूकम्प पिडित सुकुम्बासीहरुलाई लक्षित गरी प्रकोप जोखिम न्यूनिकरण कार्यक्रम शुरु गरेको हो । अस्पतालले २ वर्षभित्रमा इलाका नं ६ को ३४ भूकम्प पिडित सुकुम्बासी परिवारलाई घर निर्माण गरिदिने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण