एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर
काठमाडौं–देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक बोनसका साथ ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले अब कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् । एनसेलले आफु मलेसियन टेलिकम कम्पनी एक्जियटा समुहमा आवद्घ भएको र नव वर्ष २०७३ को अवसरमा ल्याइएको यो योजना अन्र्तगत ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाबाट आएको कल लिई कुरा गर्दा प्रत्येक ५ मिनेट पुरा हुनासाथ रु १५ को दरले बोनस पाउनेछन् । यो अफर आइतबार (वैशाख ५) बाट लागु हुनेछ र एक महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाको कुनै पनि सेवा प्रदायकको नेटवर्कबाट आएको अन्र्तर्रािष्ट्रय आगमन कलमा बोनस प्राप्त गर्नेछन् । पहिलो ५ मिनेट पश्चात ग्राहकले ३० मिनेट सम्म प्रत्येक ५ मिनेटको रु १५ का दरले बोनस पाउन सक्छन्, जस अनुसार ग्राहकले रु ९० सम्म बोनस प्राप्त गर्न सक्छन् ।
“कल आयो पैसा पायो हाम्रो तर्फबाट हाम्रा आदरणीय ग्राहकलाई नयाँ वर्ष २०७३ को शुभकामना हो । ग्राहकले मलेसिया, कतार, युएई र साउदी अरेबियामा रहेका आफ्ना प्रियजनबाट आएको फोन उठाएर आकर्षक बोनस प्राप्त गर्दै एनसेल नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाइसँग थप सम्पर्कमा रहन सक्नेछन्,” एनसेलका ईन्टरप्राइज निर्देशक प्रणय आचार्यले भने । यसरी प्राप्त बोनस २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस, एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण