सरकार देशको विकासप्रति प्रतिबद्ध छ : मन्त्री पासवान
रौतहट– जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले वर्तमान सरकार जनताको गास, बास, कपास र विकासका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । रौतहटको गौर नगरपालिका वडा नम्बर–११ मा रहेको शैलेस मन्दिरमा सोलार बत्ति उदघाट्न समारोहका प्रमुख अतिथि मन्त्री पासवानले स्थानीयलाई सम्बोधन गर्दै उक्त विचार राखेका हुन् ।
अहिले देखीएको देश र जनताको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको भन्दै मन्त्री पासवानले देशमा देखीएको बेरोजगारी समस्याको चाँडै अन्त्य हुने बताए । जनताको गास, बास, कपास, विकास, दैनिक समस्या र बेरोजगारी समस्याको समाधानका साथै भुकम्प पिडितहरुको पुनर्निर्माण गराउनमा सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री पासवानले मधेशीदलप्रति इंगित गर्दै केहि व्यक्तिको व्यक्तिगत स्वार्थ पुरा हुन नसकिरहेकाले देशलाई ठप्प पार्न तथा अनिर्णयको बन्दी बनाउनका लागि पुनस् षडयन्त्र बनाइरहेको बताए ।
दलित र सुकुम्बासीहरुको लागि गरिएको जग्गा सम्बन्धी व्यवस्था विश्वको कुनैपनि देशको संविधानमा नरहेको र नेपालको संविधानमा रहेकाले पनी देशको संविधान उत्कृष्ट रहेको बताए ।
बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य मटुक पासवानको अध्यक्षतामा सुरु भएको उक्त उदघाट्न समारोह कार्यक्रममा पार्टीका उपाध्यक्ष गोविन्द नेपालीलगायतका नेताहरुले आफ्नो आफ्नो मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण