शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा ४० यात्रु सवार भएको बस दुर्घटना : १४ जना घाइते

आइतबार, ०५ वैशाख २०७३, ०७ : ४२
आइतबार, ०५ वैशाख २०७३

नवलपरासी – नवलपरासीमा आज बिहान बस पल्टिँदा १४ जना यात्रु घाइते भएका छन ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना५ख ४८९२ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती–१६ पुरानो कावासोती सडक खण्डमा ब्रेक फेल भई अनियन्त्रित भएपछि बस पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

बसमा सवार ४० जनामध्ये चौध घाइते भएका र घाइतेहरुको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप