सदनभित्र कुर्ची हानाहानको भीडन्तमा हात भाँचेका नेता श्रीपाली भन्छन्, ‘गैरदलितको साथ बिना दलितको मुक्ति हुँदैन’
गुल्मी– एकीकृत नेकपा माओवादी निकट दलित संगठनका नेता दलजित श्रीपालीले नेपालमा गैर दलितहरुको साथ विना दलितहरुको मुक्ति असम्भव रहेको बताएका छन् । सो पार्टी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रिय अध्यक्ष श्रीपालीले यस्तो बताएका हुन् ।
रुकम जिल्लाका सांसद समेत रहेका नेता विश्वकर्माले भने– ‘बाहुन क्षेत्रीहरु सबै शासक र धनी छन् भन्न मिल्दैन् । उनीहरु भित्र पनि थुप्रै गरिव र शोषित पिडितहरु छन्, उनीहरुका छोरा छोरीले पनि उचित शिक्षा पाउन सकेका छैनन् । यसर्थ ति समुदायभित्रका गरिव विपन्नहरुलाई पनि साथमा लिएर नलडेसम्म दलितलगायतका उत्पीडित समुदायको मुक्ति सम्भव छैन् ।’
संविाधन घोषणा नहुनु अघि संविधानमा दलित समुदायको अधिकार स्थापित गर्न सदनभित्र कुर्ची हानाहनको भिडन्तमा पहिलो पटक कुर्ची हानेर घाईते बनेका र हात समेत भाँचेका नेता श्रीपालीले अबको लडाईं झन पेचीलो हुने चेतावनी दिए ।
उनले संविधान घोषणा गर्नुअघि संविधानमा दलितहरुको अधिकार स्थापित गर्नका लागि एमाओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको नेतृत्वमा कांग्रेस एमालेलगायतका सबै दलका दलित समुदायका सभासदहरुले मोर्चा बनाएर सदनमा लडेको बताए । तर, पछि काँग्रेस एमालेभित्रका दलित सभासदहरु आ–आफ्ना नेताहरुका सामु घुँडा टेकेर दलित समुदायमाथि इतिहासमै ठुलो घात गरेको आरोप लगाए ।
‘माघ ५ गते हामी सबैले लाठी खायौ, पहिलो घाईते म भएँ । त्यस पछि एमाले निकट सभाभासद जितु गौतम र कांग्रेस निकट सभासद मानबहादुर बिश्वकर्मा घाईते भए । तर, पछि उनीहरुले घात गरे । किनकि उनीहरु आफ्ना नेता र अन्तर्राष्ट्रिय शक्तिको दवावमा परे भन्दै नेता श्रीपालीले भने– ‘अब त्यस्तो गल्ती नगर्नुहोस्, आउनुहोस एउटै थलोमा उभिएर दलितहरुलाई मुक्ति दिलाउने निर्णायक आन्दोलन लडौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण