बाह्र वर्षीय अमेरिकी निको गोरखाका विद्यार्थीलाई सघाउँदै
गोरखा– अमेरिकाको क्यालिफोर्निया राज्यका १२ वर्षीय नागरिक ‘निको’ को नेतृत्वमा गोरखाको बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालयमा पुनःनिर्माणको काम अघि बढेको छ ।
भूकम्पले भत्काएको विद्यालयका शौचालय र पुस्तकालयको पुनःनिर्माण सुरु गरिएको हो । ‘इगल स्काउट अफ अमेरिका’ को प्रमुख रहेका निकोको नेतृत्वमा रहेको ३२ जनाको टोली भूकम्पले भत्काएका संरचना पुनःनिर्माणमा जुटेका छन् ।
स्थानीय विश्वनाथ वाग्लेका अनुसार ‘इगल स्काउट अफ अमेरिका’ ले विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै विद्यालयलाई चार थान कम्प्युटर पनि सहयोग गरेको छ । उनले भने – “निकोको समूहले बुंकोटको शैक्षिक गुणस्तर उकास्न खोजेको छ । शौचालय र पुस्तकालय भवन बनाउँदै छन् ।” निको, उनका परिवारका सदस्य र स्काउटमा आबद्ध युवायुवती पुनःनिर्माणको काममा सक्रिय रुपमा जुटिरहेका छन् ।
‘इगल स्काउट अफ अमेरिका’ लाई पार्मोनियर फाउन्डेसन नेपाल नामक संस्थाले बुंकोट ल्याएको हो । संस्थाका प्रतिनिधि चेतप्रसाद भट्टले भने – “अमेरिकी स्काउटमा आबद्ध युवा स्वयम्सेवकका रुपमा पुनःनिर्माणमा जुट्न रुचाउँछन् । भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको शैक्षिक सुधार गर्ने उनीहरुको चाहना हो ।” अमेरिकी स्काउटको टोलीले अहिलेसम्म रु १३ लाख बराबरको सहयोग गरिसकेको छ ।
स्काउटमा आबद्ध भएपछि क्षमता वृद्धिका लागि पनि समाजसेवा गर्नुपर्ने हुन्छ । निकोले भने – “हामीले सङ्कलन गरेको केही बजेट भूकम्पले ध्वस्त विद्यालय र त्यहाँ पढिरहेका विद्यार्थीलाई दिन चाहन्छौँ ।” भूकम्पले दुःखमा परेका पीडितलाई हौसला बढाउन ‘सानो सहयोग’ लिएर आएको उनले बताए ।
सो समूह विद्यालय नजिकै मैलुङमा त्रिपाल टाँगेर बस्दै आएको छ । गत चैत २८ गते बुंकोट आएका उनीहरुको विद्यालयमा शौचालय भवन निर्माण सकेर फर्कने कार्यक्रम रहेको छ । साथै उनीहरुले पुस्तकालय निर्माण गर्न पुस्तक खरिदका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सो टोलीले बुंकोट, बोर्लाङ, नाम्जुङलगायत गाविसभित्रका विद्यालयमा भवन निर्माण तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै जाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण