तीर्थालु बोकेको कार पल्टिँदा आठ घाइते
झापा– ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेका गरेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शनिअर्जुन नगरपालिका–८ कालीझोडा भन्ने स्थानमा आज बिहान कार दुर्घटनामा परेको झापाका प्रहरी नायब निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिए । तीव्र गतिका कारण गाडी अनियन्त्रित बनेको बताइन्छ ।
घाइतेमध्ये सुनसरी निवासी ३० वर्षीया वसन्ती चौधरी र काठमाडौँ निवासी ५१ वर्षीया बिना भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ ।
त्यस्तै, मोरङको बेलबारी निवासी ३३ वर्षीय सञ्जु हुमागार्इं, सुनसरीको औरावनी निवासी ३४ वर्षीया एकादशीदेवी भगत, काठमाडौँ निवासी २६ वर्षीया विभा भण्डारी, सोही ठाउँ निवासी ४५ वर्षीया सविता निरौलालगायतका घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण