शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इक्वेडरमा पनि शक्तिशाली भूकम्प

आइतबार, ०५ वैशाख २०७३, ०६ : ०८
आइतबार, ०५ वैशाख २०७३

काठमाडौं–ल्याटिन अमेरिकी देश इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा २८ जनाको मृत्यु भएको छ । राजधानी क्योटोबाट १ सय ६० किलोमिटर परको म्युसिनी शहर नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँका सरकारी अधिकारीका अनुसार अहिलेसम्म २८ जनाको मृत्यु भएको हो । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

भूकम्पले राजधानी क्युटोसम्म पनि हल्लाएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्पले धेरै क्षति गरेपनि विस्तृत विवरण भने अझै आउन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप