विद्युत् नहर भत्केपछि गाउँ अन्धकार
आइतबार, ०५ वैशाख २०७३, ०९ : १३
जुम्ला–भेरीखोला लघुजलविद्युत् आयोजनाको कुडारी–४/५ साँपुल्लीगाउँमा अवस्थित विद्युत् नहर भत्केपछि ५८३ घरधुरीमा अन्धकार छाएको छ ।
गत बिहीबार नहर भत्केसँगै यस गाविसका १, २, ३, ४, ५ र ६ वडाका साँपुल्ली, रावतवाडा, जोगीवाडा, दानीबाडा र कुडारी बजारसम्म विद्युत् अवरद्ध भएको हो ।
नहर भएको ठाउँबाट नदीसम्म करिब ३७ मिटर भूखण्डमा पहिरो गएकाले तत्कालै निर्माण गर्न सकिने अवस्था नरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।
भत्केको नहरको लम्बाइ १९ मिटर रहेको प्रविधिज्ञ जीतबहादुर सिंहले बताए । आफैँले गरेर केही नहुने देखेपछि स्थानीयवासीले सम्बन्धित सरोकारवालालाई सो समस्या समाधानमा सहयोग पु¥याउन अनुरोध गरेका छन् ।
हाल यो आयोजनाबाट १९ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण