झाडापखालाका बिरामी बढ्दै
आइतबार, ०५ वैशाख २०७३, ०९ : २०
राजविराज–केही दिनयता मौसममा आएको परिवर्तनका कारण गर्मी बढेर यहाँ झाडापखालाका बिरामी बढेका छन् ।
अहिले अस्पतालमा झाडापखाला, टाइफाइड, दम र ज्वरोका बिरामी बढ्दै गएको पाइएको छ ।
पछिलोपटक राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा यस्ता रोगका दैनिक ४० देखि ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
अस्पतालमा बिरामीको चाप बढेपछि अहिले श्ययाको समेत अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा श्ययाको अभावमा केही बिरामीलाई भुइँमै राखेर सेवा दिइएको छ ।
यस्तै जिल्लाका अन्य स्वास्थ्य चौकीमा समेत झाडापखालाका बढी बिरामी आउने गरेको पाइएको छ ।
जिल्लाको भारदह, हनुमानगर, कञ्चनपुर, कल्याणपुर, पोर्ताहसहित ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अहिले झाडापखालाका बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण