२९ वर्षपछि भिल्ला रेलिगेसनमा, चेल्सीमाथि सिटी हाबी
म्यान्चेस्टर – म्यान्चेस्टर युनाइटेडसँग पराजित हुँदै एस्टन भिल्ला सन् १९८७ पछि पहिलो पटक रेलिगेसनमा परेको छ । मार्कस रासफोर्डको एक मात्र गोलको मद्दतले युनाइटेडले भिल्लालाई पराजित गरेको हो । लगातार ९ खेलमा पराजय बेहोरेको भिल्ला ४ खेल बाँकी छँदा सुरक्षित स्थानभन्दा १५ अंकले पछि रहेको छ । सन् १९८२ को युरोपियन कप विजेता भिल्लाको गौरवमय इतिहास भएपनि पछिल्लो समय निकै खराब स्थितिबाट गुज्रिरहेको छ । पछिल्लो पटक रेलिगेसनमा पर्दा भिल्ला त्यस लगत्तै पहिलो डिभिजनमा फर्कदै लिगको दोस्रो स्थानमा कब्जा जमाएको थियो ।
उता, सर्जियो अगुएरोको ह्याट्रिकको मद्दतले चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा आफ्नो स्थान सुनिश्चित गर्ने दिशातर्फ अग्रसर बनेको छ । केभिन डे ब्रुयनले अगुएरोको पहिलो गोलको सृजना गरे भने दोस्रो हाफमा उनी र समिर नासरी मिलेर अगुएरोका लागि दोस्रो गोलको अवसर सृजना गरे । गोलकिपर थियाबट कोर्टियसले फर्नान्डिन्होलाई लडाएपछि चेल्सी १० खेलाडीमा सिमित बनेको थियो । त्यसमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै एगुएरोले आफ्नो ह्याट्रिक पूरा गरे । जीतसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लेको छ । चौंथो स्थानमा रहेको आर्सनलको एक अंक कम रहेको छ तर सिटीभन्दा एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण