शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अपडेट : इक्वेडरको भूकम्पमा मर्नेको संख्या ७७ पुग्यो, ५ सयभन्दा बढी घाइते

आइतबार, ०५ वैशाख २०७३, ०९ : ५९
आइतबार, ०५ वैशाख २०७३

ग्वायाकिल – इक्वेडरमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पमा मर्नेको संख्या ७७ पुगेको छ भने ५ सयभन्दा बढी घाइते भएको उपराष्ट्रपति जर्ज ग्लासले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । देशमा ६ वटा प्रान्तमा संकटकाल घोषणा गरिएको छ भने उद्धार टोली खटाइएको छ । भूकम्पको केन्द्रविन्दु तटिय गाउँ मुसिनमा रहेको रहेको थियो । भूकम्प स्थानीय समयअनुसार राती ८ बजे गएको थियो ।

स्थानीय मिडियाका अनुसार त्यहाँबाट ३ सय किलोमिटर दुरिमा रहेको गुयाकिल शहरमा समेत ठूलो असर पुगेको छ । भूकम्पको धक्का राजधानी कुइटोसम्म पुगेको थियो । ‘पोर्टो भेजोमा १६, मान्टामा १० र गुयासमा २ जनाको निधन भएको छ,’ ग्लासले पत्रकार सम्मेलनमा भने । उनले सबै सुरक्षा संयन्त्रहरुलाई उद्दारका लागि परिचालित गरिएको समेत जानकारी दिए । इटालीको भ्रमणमा रहेका राष्ट्रपति राफायल कोरेआ भ्रमण छोट्याएर र देश फर्किएका छन् । बिबिसीका अनुसार देशको सबैभन्दा ठूलो तेल रिफाइनरी पनि केही समयका लागि बन्द गरिएको छ । अमेरिकाको भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र विन्दु जमिनभन्दा १९.२ किलोमिटर त रहेको थियो । त्यस्तै प्यासिफिक सुनामी वार्निङ सेन्टरले इक्वेडरको तटमा १ मिटर सम्मको सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

भूकम्पपछि छिमेकी पेरुमा सुनामीबारे सचेत गराइएको छ । इक्वेडर भूकम्प गइरहेको क्षेत्रको रुपमा परिचत ‘रिङ अफ फायर’ मा पर्दछ । यहाँ बारम्बर भूकम्प जाने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप