बजेटसँगै स्थानीय निकाय निर्वाचनको घोषणा हुन्छ : मन्त्री राई
विराटनगर – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले छ महिनाको अवधिमा सरकारले ऐतिहासिक र उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले देशभित्र र बाहिर संविधानका विषयमा फैलाइएका भ्रमलाई चिर्दै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने आधार खडा गर्न सरकार सफल भएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा संविधानको स्वागत गरेको स्मरण गर्दै उहाँले चीन भ्रमणका बेला संविधानको स्वागतका साथसाथै ऐतिहासिक पारवहन सन्धि सम्पन्न भएको उल्लेख गरे ।
स्थानीय निकायमा निर्वाचन नभएकाले विकास निर्माण कार्यमा कठिनाइ भइरहेको उनको भनाइ थियो । उनले जेठ १५ गते बजेट घोषणाका साथै स्थानीय निकाय निर्वाचनको तिथिसमेत घोषणा हुने विश्वास व्यक्त गरे ।
मन्त्री राईले यस पटक बजेटमा तराईलाई लक्ष्यित विकासका योजना ल्याइने जानकारी पनि दिए ।
उनले भने – जनशक्तिको अभाव र जटिल कानुनी प्रक्रियाका कारण भूकम्पपीडितका लागि थाल्ने भनिएको पुनःनिर्माणको कार्यले गति लिन नसकेको सत्य हो । यो वर्षात्सम्ममा भूकम्पपीडितलाई खुल्ला आकाशमा बस्न नपर्ने गरी सामूहिक आवासको निर्माण गरिसक्ने छ ।
एक प्रश्नको जवाफमा उनले सङ्घीयता कार्यान्वयनका लागि समितिसमेत गठन भइसकेको र सीमाङ्कनलगायतका विषय टुङ्गो लगाउन गठित उच्चस्तरीय समितिले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री राईले १६ बुँदे भद्र सहमतिलाई स्मरण गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै संविधान कार्यान्वयनका साथै देश र जनताको हितका लागि सरकारमा सहभागी हुन पनि आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण