जेठी श्रीमती हत्या गर्ने पक्राउ
बुधबार, ०८ वैशाख २०७३, १९ : ५३
रौतहट– ढुङ्गा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।
स्थानीय भसेढवा गाविस–६ का २७ वर्षीय रामनारायण दासले गएराति १० बजे ढुङ्गा प्रहार गरी २४ वर्षीय जेठी श्रीमती मञ्जु दुवीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार ढुङ्गा प्रहारपछि मञ्जुको घटनास्थलमै मृत्यु भएको हो । हत्या गर्नुको कारण खुल्न सकेको छैन ।
हत्या आरोपमा पक्राउ परेका अभियुक्त दासलाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको छ । मृतक महिलाको शव जिल्ला अस्पताल गौरमा राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण